काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।चाँगुनारायण नगरपालिका-७ स्थित बागेश्वरी फुलिगाउँमा बा९०प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

शनिबार राति करिब ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार