काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेलाई डाकिएको छ ।

बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा अध्यक्ष आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लुम्बिनी प्रदेशमा पार्टी ह्विप विपरित ‘फ्लोर क्रस’ गरेर माओवादी सरकार टिकाउने भूमिका खेलेका खनाल-नेपाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय गर्ने तयारी छ ।

ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाएका थिए ।
बुढा, शाही र थापालाई यसअघि नै प्रदेश कमिटीले पार्टी सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । तर उनीहरूलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाइसकेका छन् ।

आजको बैठकमा जिल्लामा नयाँ इञ्चार्जहरू तोक्ने तयारीसमेत ओलीले गर्नेछन् । पार्टीको सांगठनिक प्रतिवेदनमा नेताहरूको कार्यविभाजन के कस्तो रहने भन्ने उल्लेख भएर आएबमोजिम जिम्मेवारी बाँडफाँड हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार