तेह्रथुम, बैशाख-६ गते । तेह्रथुम ७ लाप्छायाङ टोलमा जिप अनियन्त्रित भई भिरबाट खस्दा चालकको मृत्यु भएको खबर छ । गत राती साढे ९ बजे म्याङलुङ देखि मोराहाङ तर्फ जाँदै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

सो दुर्घटनामा परी जिप चालक तेह्रथुम मन्छायायेम गाऊपालिका ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भीर घाईते भएका थिए । घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जिपमा अन्य सवार कोही नभएको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार