म बालक केही जान्ने बुझ्ने नि छु ।राज्यले आफ्नो कर्तव्य पूरा नगरेपछि म आफ्नो खर्च जुटाउन लागेको मान्छे त्यो सिलसिला मा मेरो लोकल सरकार अझै भनौं स्थानीय सरकार लाई कर तिर्ने बालक मेरो र अन्य मेरा साथिहरु को बर्तमान भन्नुभन्दा अघि देश को भुतकाल सम्झिन चाहान्छु । हिजो को समयमा बालबालिका को निम्ति सरकार ले के कस्ता योजना ल्याए , एन जि ओ र आइ एन जि ओ ले के के यो योजना अबधाराणा ल्याए कति प्रतिशत सुधार भयो ,,?

कति बालबालिका अझै पनि स्थानीय सरकार लाई कर तिर्दै छ्न भन्ने कुर म उल्लेख गर्न चाहान्छु । राणाशासन देखि को अवस्था लाई अध्ययन गर्दा नेपाल को बालबालिका को निम्ति राणा काल समय बाल श्रम व्यापक रहेको थियो शिक्षा स्वास्थ को क्षेत्र मा राज्य ले लगभग शुन्य लगानी गरेको देखिन्छ , तथ्यांक मात्रै आधार धेरै खराब रहेको देखिन्छ ।

हिजो हामिले पू्र्खा बाट सुन्दै आएको कुरा बाट पनि पुष्ठि हुन्छ कि बाल श्रम व्यापक र अनिवार्य जस्तै थियो त्यति बेला घर र खेतवारि को काम को लागि बाल श्रम को प्रयोग हुने गरेको पाइन्छ। जुन आज पनि धेरै व्यापार रहेको पाइन्छ । राज्यले शिक्षा स्वास्थ क्षेत्रमा राज्य को लागनी थियो तर जाहानिया राणा परिवार को छोराछोरी पढ्न मात्र खोलिएको थियो । सर्बसाधारण जनता को पहुँच एकदमै कम हुन्थ्यो ,जब प्रजातन्त्रको उदय भयो।

त्यसपछि २०१३ साल देखि बालबालिका को क्षेत्रमा अलिकति लगानी बड्न थाल्यो , हिजो खेतवारिमा बालश्रम मा प्रयोग हुने बालबालिका बिस्तारै चिया पसल र होटलहरुमा कामदार को रुपमा प्रयोग हुन थाले देश मा शिक्षा को बिकाश केहि भय पनि पद्नु पर्छ भन्ने धारणा धेरै कम अभिभावक मा पाइन्थ्यो ।

,,देशमा पन्चायत सुरु भयो त्यसपछि शिक्षा मा बालबालिका को लागि लागानी बड्यो सरकार ले पनि पन्चबर्शिय योजना मार्फत शिक्षा मा धेरै लगानी गर्यो , तर बालबालिका लाई बिद्यालय सम्म आउन बाताबरण बनाउन न सरकार ले सक्यो न अभिभावक ले नै ,, पन्चायत पछि को बालबालिका मा शिक्षा को कालि बिधालय यथावत पनि अभिभावक को आर्थिक अवस्था कमजोर हुनाले बालबालिका ले स्कुल छोड्ने गरेको पाइन्छ।

अब बालबालिकाले गर्ने श्रम को बारेमा म उल्लेख गर्दछु ,,घरेलुु बाल श्रम ,बालभरिया ,कृषि बाल श्रम लागु औषध ओसार्नु मा बालबालिका को प्रयोग ,सिलाइ बुनाइ मा प्रयोग ,इटा वनाउन प्रयोग ,खानी क्षेत्रा मा प्रयोग ,बाल यौनशोषण ,सडकमा माग्ने काम गरिएको बाल श्रम सडक ब्यापार मा प्रयोग , जरिबुटी संकलन मा प्रयोग भौतिक पुर्बधार निर्माण मा प्रयोग , होटेल रेस्टुरेन्ट क्षेत्रमा बाल श्रम को प्रयोग , बालबालिका क्क धेरै क्षेत्र मा प्रयोग हुदा सम्बन्धित निकाय पनि आँखा चिम्लेर बसेको थियो अहिले आएर हाट मा मैले ब्यापार को शिलशिला मा , कर बुझाउदा साह्रा नेपाल रोयो !

यो भन्दा अगाडि देश को २५ देखि ३५ प्रतिशत बालबालिका यस्तै आफ्नो खर्च र परिवारको आवश्यकता पूरा गर्न रोएका थियौ र अहिले नि रोएका छौँ ।हिजो घरेलु काम गर्दा होस या भरिया ,, हामीले सरकार लाई कर तिरेको नै थियौ प्रत्यक्ष या अप्रत्यक्ष रूपमा ,लागुऔषध को कारोबार गर्दा समेत हामी आफै दुर्शनी हुदा हामीलाई सुधार्न राज्य ले चासो देखायो,,?इटा भटटा र खानी क्षेत्र काम गरेर अङ्गभङ्ग हुदा या हाम्रो मृत्यु हुदा,सञ्चार माध्यममा कार्यरत पत्रकार या राज्यको आखामा पर्यौ,,, हाम्रो चासो धेरै छ ,, हामीले भन्नुभन्दा पहिला राज्य ले तय गर्नुपर्नेमा कुरा हरुमा राज्य एकदमै पछि परेको देखिन्छ।

बालश्रम अन्तगर्त स्थानीय तह को भुमिका चेतना बढाउने छ । बाल श्रम लाई निषेध गर्ने भन्ने छ ,खोइ त ,,?निषेध गरेको , अझै बैधानिक दिने शैली मा कर उठाएकै छ । भुमिका मा कुन निकाय प्रतिबद्ध भएको छ,,? मैले म सङ उठाएको कर मा आपत्ती जनाएको होइन ,तर मलाई यहाँ सम्म आउनपर्ने अवस्था कस्ले ल्यायो,,? मेरो परिवार या अभिभावक ले रोजगार नपाउने अवस्था कसरी सिर्जना भयो,,? झन किन गरिब हुँदै छ मेरो परिवार म जस्ता लाखौं बालबालिका को अवस्था मेरो जस्तै छ , देश मा नयाँ संविधान बनेपछी गाउँ गाउँ मा शिहँदरबार भनेर गाउँ बाट निर्बाचित प्रतिनिधि ले नि सरकार चलाएको ४ बर्ष हुन लाग्यो ,, यसक्रममा विभिन्न भ्युटावर बन्यो , धेरै वडा कार्यलय बन्यो गाउँपालिका नगरपालिका कार्यालय बन्यो खोइ त ,,? हामि बालबालिका ले निर्धक्क पढ्न सक्ने अवस्था सिर्जना गर्ने नियम तर्जुमा भएको ,,?

सरकारको नेतृत्व कर्ता भनौदा हरु आफ्नो झगडामा ब्यस्त भएका छ्न साडे को जुधाइ बाच्छा को मिचाइ भएको छ । तपाईंहरु जुन काम को लागि जानुभयो त्यही काम गर्नुस न किन पार्टीको झगडा आम जनता र हामी बालबालिका को अधिकार लाई रोकेर राख्नुहुन्छ , अझै बालबालिका को यस्तो अवस्था देखाएर तपाईंहरु आफ्नो र देश को किन बेइज्जत गराउदै हुनुहुन्छ ,,? तपाईंहरुलाइ फेरि निर्बचितहुनु पर्दैन हो,,? जे गर्दा हुने तपाईंहरु कानुन भन्दा माथिको हो,,?

समय अझै छ हामिले भोगेको पीडा अब को बालबालिका ले भोग्न नपरोश । म हात जोडेर के बिन्ति गर्छु नीतिनिर्माताहरुमा ४० प्रतिशत १८ बर्ष मुनि को जनसख्या भएको हाम्रो जस्तो मुलुकमा बालबालिका र किशोरकिशोरी माथिको लगानी एकदम महत्त्वपूर्ण छ।बालबालिकामा लगानी गर्नु भनेको मानवपुजी मा लगानी गर्नु नै हो , यस्तो लगानिले देश को गरिबी को चक्रलाई तोड्न मद्दत गर्छ र देश लाई समृद्ध तर्फ लैजान्छ।

म आज धेरै बोल्न लेख्न चाहान्न बालबालिका को अवस्था को बारेमा तपाई हरु अबस्या जानकार हुनुहुन्छ होला तपाईं हरु नीतिनिर्माता हरुले आफ्नो घोषणापत्रमा लेख्नुभएको कुरा इमानदार पुर्बक लागू गर्नु भो भने आज को नयाँ नेपाल बालबालिका को निम्ति स्वोर्ण युगमा प्रबेश गर्ने छ र , भावी समृद्ध नेपाल को परिकल्पना नि सगै साकार हुनेछ , भ्युटावर , मन्दिर , महगो भौतिककार्यलय नि मन्दिर, चर्च निर्माण ले अहिले को अवस्थामा सुधार आउन सक्दैन ।अन्त मा हामी जस्तो बालबालिकाले राज्य लाई कर तिर्ने होइन आफुलाइ आवश्यक पर्ने सुबिधा लिन पाइयोस् ।
संकलित तथ्यांक विभिन्न स्रोतहरु बाट

सुदिप न्यौपाने ,काभ्रेपलान्चोक।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार