- Teamkhabar News Desk

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रवार राति ९ बजेतिर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट दैजितर्फ जादै गरेको म २ प ५१७४ नम्बरको मोटरसाईकल बिचमा दुर्घटना हुदाँ बेदकोट नगरपालिका वडा नम्बर २ का ४० वर्षीय जोगलाल डगौरको मृत्यु भएको हो ।

यस्तै सोही दुर्घटनामा परी एक जना घाईते भएका छन् ।घाईते हुनेमा सोही ठाउँका २२ वर्षीय लक्ष्मण चौधरी प्रहरीले जनाएको छ । उनको अहिले धनगढीमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार