बाँके । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमाका ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीलाई कोरोना भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गरेको जानकारी गराएको हो । बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ ।

‘यस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा खजुरामा कार्यरत कर्मचारीहरूको पीसिआर टेष्ट गर्दा पीसिआर टेष्ट गरेकामध्ये ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीहरूको पीसिआर रिपोर्ट पोजेटिभ आएको छ’, जारी सूचना भनिएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार