काठमाडौँ । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण भयावह रुपमा फैलिएको छ । काेराेनाकाे दाेस्राे लहर बढेपछि त्यहाँ दिनदिनै संक्रमण पुष्टि हुनेको संख्या उकालो लागिरहेछ भने मृत्यु हुनेको संख्या समेत तिरन्तर बढिरहेको छ । कतिपय शहरमा अक्सिजनकै अभाव भएर हस्पिटलमा समेत उपचार नहुने अवस्था देखिएको छ । अक्सजिन नपाएरै धेरैकाे ज्यान गइरहेकाे बताइएकाे छ ।

केही दिनयता त्यहाँ लगातार ३ लाखभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अर्थात् शनिबार मात्र भारतमा ३ लाख ४९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन शुक्रबार पनि २४ घण्टाभित्र ३ लाख ४५ हजारभन्दा संक्रमित थपिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार