- अर्जुन बिष्ट

सिन्धुलीगढी एउटा  प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । यो ठाउँ काठमाडौँबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । 

बनेपा देखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी हाल भने सुगम भएको छ ।

यो स्थान युद्धसंग जोडिएको छ।नेपाल – अग्रेंज युद्धमा आफ्ना शत्रुलाई आक्रमण गर्न बनाईएका आड अहिलेसम्म पनि रहेका छन् ।

नेपालको एकीकरण र स्वाभिमान रक्षाको लडाईमा सिन्धुलीगढीलाई उच्च महत्वका साथ लिईन्छ । अंग्रेजी फौज किनलकको नेतृत्वमा आएको २४०० सिपाहीलाई खुकुरीको भरमा परास्त गरेर नेपाली बीरहरुले ईतिहास रचेका मात्रै थिएनन्, नेपालको सार्वभौमसत्ता र स्वाभिमान पनि उत्तिकै महत्वपूर्ण ढंगले जोगाएका थिए । २४०० जनाको अंग्रेजी फौजलाई गोर्खालीहरुको ७०० जनाको फौजले आक्रमण गर्दा १६०० जना भन्दा बढी मारिएका र अरु ज्यान जोगाएर भागेका थिए ।

वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरी २ तले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार’ गीतको सम्झना आउँछ । तर संरक्षणको अभावका कारण ऐतिहासिक धरोहरकोरूपमा रहेको सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ ।

सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ किलोमिटर तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ किलोमिटरको विन्दुमा रहेको छ ।

यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेको छ ।

सिन्धुली गढी भन्नाले सानो गढी र ठूलो गढी गरी दुई ठाउँ छन् । पहिले सानो गढी आउँछ । अलि माथि पूर्वतर्फ लागेपछि पुरानो मन्दिरको दर्शन गर्नसकिन्छ । मोडिएर पूर्वतर्फ लागेपछि बाटामा नेपाली बीरहरुको गाथा झल्काउने केही सामाग्रीहरु पढ्न पाईन्छ ।

त्यस्तै नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको आकृति अंकित ढुंगा देख्न सकिन्छ । त्यहाँ नजिकै एउटा शिला लेख छ ।त्यस माथि नेपाली बीरहरुले लडाईको बेला पानी पिउने प्रयोजनका लागि ढुंगा खोपेर बनाएको कुवा,नेपाली बीरहरुको बीरता झल्काउने यस्ता आकृतिहरु र ढुंगाको सिढी चढेर माथि पुगेपछि झण्डा फहराएको किल्ला देख्न सकिन्छ। जहाँ बाट चौतर्फी रुपमा वरपरका सबै दृश्यहरु सजिलै अवलोकन गर्न सकिन्छ। यो लेख संकलित हो ।
अर्जुन बिष्ट , सिन्धुली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार