गोपाल बटाला रुकुम पश्चिम। जिल्लाको आठबिसकोटमा दुई समूहबीच झडप हुँदा एक जना घाइते भएका छन् ।

 आठबिसकोट नगरपालिका वडा नं ९ र जाजरकोटका युवाबीच झडप हुँदा वडा नं ९ का गोविन्द शाही घाइते भएका हुन् ।

घटनामा संलग्न केही युवाहरु फरार भएको र सुरेश चन्द सहित अन्य ६ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय आठबिसकोटले जनाएको छ।

आठबिसकोट नगरपालिकाका युवा सुजल शाही र जाजरकोट रुकुमका युवा रबि चन्द को युवा समूह बिच भएको झडपमा परी घाइते भएका शाहीलीई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।

पुरानै रिसिविका कारण भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेका थिए । घटनास्थलबाट प्रहरीले सुरेश चन्द लाई पक्राउ गरि थप अनुसन्धान गरीरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार