युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । मंगलबार राति रियलको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।

रियलको मैदान भएको खेलमा चेल्सीका क्रिस्टियन पुलिसिसले गाल गरे भने रियलका करिम बेन्जेमाले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।खेलको १४औं मिनेटमा पुसिसिसले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले एन्टेनियो रुडिगरको पासमा गोल गरेका थिए ।

२९औं मिनेटमा बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्सेलोको क्रसमा क्यासमिरो र इडर मिलिसाओले हेडरमार्फत मिलाइदिएको पासमा बेन्जेमाले गोल गरेका थिए ।

यो बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा चेल्सीलाई अवे गोलको फाइदा हुनेछ । दोस्रो लेगमा यही यही नतिजा कायम राख्न सके चेल्सी फाइन्लमा प्रवेश गर्नैछ । रियललाई कम्तीमा पनि १–० को जितको खाँचो छ । दोस्रो लेग चेल्सीको मैदानमा ६ मेमा हुनेछ ।एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार