काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बुधबार (आज)बाट सेवा प्रवाहमा कटौती गर्ने गर्ने भएको छ ।

मंगलबार सर्वोच्च अदालतमा बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले आजबाट मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।

निर्णयसँगै बैशाख मसान्तसम्म अदालतमा बन्दिप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित जरुरी प्राकृतिक जीवन र जनस्वास्थ्य सम्बन्धित रिट निवेदकहरुको दर्ता र सुनुवाई बाहेक अन्य सेवाहरु तथा कारवाहीहरु स्थागन हुने भएको छ ।

त्यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरुको हकमा स्थानीय परिस्थिती वा जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कारवाही र सेवा प्रवाहको व्यवस्था सोही अदालत र न्यायधिकरणले मिलाउने बिज्ञप्तिमा जनाइएको छ ।

बैशाख मसान्त सम्म्ममा मुद्धा रिट तथा निवेदकहरुमा रहेका हदम्याद, म्याद तारेख पनि नगुज्रिने सर्वोच्चले जनाएको छ । बैशा मसान्त पछि के गर्ने भन्ने बारेमा आगामी बैशाख ३१ गते बस्ने बैठकबाट निर्णय गरिने पनि सर्वोच्चले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार