रुकुम पश्चिम। जाजरकोटमा हत्या गरेकाे आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यागरि झोलुङ्गे पुल नजिकै शव भेटिएको र अनुसन्धान पछि हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा शिवालय १ बालुवा घर भई छेडागाड ९ राजिकोट बस्ने सुकिलाल वादी र उनका छोरा ज्ञानु बादी रहेका छन् ।
छेडागाड नगरपालिकाको वडा नम्बर ११ भैसीखर्कमा पर्ने फुम्न राजीकोट जोड्ने झोलुङ्गे पुल माथि छेडागाड नगरपालिका १० खलटाकुराका ४६ वर्षका धनविरे पुनमगरको शव गएको आइतबार फेला परेको थियो ।
घटनाको तिव्र अनुसन्धान पछि हत्यामा संग्लग वादीका बाबुछोरा लाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
आरोपित लाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।