अर्जुन बिष्ट ,रुकुम पश्चिम

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा केन्द्रिय प्रसारण लाइन जोडिएको छ । अहिलेसम्म स्थानीय उत्पादनको विद्युतबाहेक नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको यो क्षेत्रमा लामो समयपछि केन्द्रिय लाइन जोडिएको हो ।

यस अघि जिल्लाका अन्य पाँच स्थानीय तहमा भने प्राधिकरणको लाइन पुगिसकेको छ । आर्थिक वर्ष २०७८÷७९ मा आठबीसकोट नगरका सबै वडाहरुमा विद्युत बाल्ने लक्ष्य अनुसार पालिकाका करिब ८ हजार घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने नगरपालिकाले जनाएको छ ।

मुख्य लाइन मार्फत नगरपालिकाको केन्द्र वडा नं. ९ को राडि बजारमा पहिलो पटक पुगेको केन्द्रीय प्रशारण लाईनको घर –घरमा विस्तारको काम बाँकी रहेको नगर प्रमुख गोर्खवहादुर केसीले पालिका न्युज लाई जानकारी दिनुभयो । केसीले भन्नुभयो,, ट्रान्सफर्मरमा बत्ति बालेर परीक्षण गरिएको छ । अहिले कोरोनाको कारण केही असज वातावरण भएतापनी अबको केहिदिनपछी केन्द्रिय प्रसारण लाइनको विद्युत बाल्ने छौँ ।

तत्कालै ८ वटा वडाका करिब ५ हजार घरधुरीमा केन्द्रीय प्रशारण लाईनको बत्ति बल्न लागिएको छ । केही वडाहरुमा स्थानीय लघु जलविद्युत आयोजना मार्फत बत्ति बलिरहेको हुँदा उपभोक्ताहरुको चाहाना अनुसार ती विद्युत सञ्चालन कायमै गर्ने या हटाउने भन्ने बारे टुंगो नभएको मेयर केसीले बताउनुभयो । लघु जलविद्युत आयोजनाको सेवा भरपर्दो नहुँदा सास्ती खेप्दै आएका उपभोक्ताले अब केन्द्रीय लाइनको बत्ति बाट लाभ लिने मेयर केसीको भनाई छ ।

जिल्लाको विकट स्थानीय तहका रुपमा रहेको यस नगरपालिकाको वडा नम्बर ३ केहि महिना अघि मात्र केन्द्रीय प्रशारण लाईनमा जोडिएको थियो । अहिले मुख्य लाईन मार्फत गाउँ – गाउँमा विद्युतिकरण र मिटरको आवेदन संकलन गर्ने काम भइरहेको छ । नगरपालिकाका अधिकांश घरहरूमा तत्कालै बत्ति बाल्ने नगरपालिकाको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार