काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने २ हजारभन्दा बढी सवारी साधनमाथि प्रहरीले कारबाही गरेको जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै सडकमा गुडेका २ हजार ४९ सवारीसाधनलाई कारबाहीस्वरुप होल्ड गरेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो ।

महाशाखाले जरुरी काम र सवारी पासविना सडकमा निस्किएका सवारी साधनलाई दिनभर नियन्त्रणमा लिएर बेलुकी ६ बजेपछि छाडेको जनाएको छ ।

निषेधाज्ञाको पहिलो दिन भएकोले आज सम्झाई बुझाई आगामी दिनमा निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा उनीहरुलाई छाडिएको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार