रुकुम पश्चिम – रुकुम पश्चिममा कोरोना सङ्क्रमित एक व्यक्तिको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएकाे छ । आठबीसकोट नगरपालिकाका ४४ वर्षीय पुरुषलाई बिहीवार दिउँसो हेलिकप्टरमार्फत काठमाण्डौकाे महाराजगञ्जमा रहेकाे प्रहरी अस्पताल ल्याइएकाे हो ।

केही दिनदेखि बिरामी भएका ती पुरुषलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई चार लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाण्डाै ल्याइएकाे हाे ।

सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि रेफर गरिएको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक मणिराज शाहले बताउनुभयो । लामो समयदेखि सुधार नभएपछि बाहिर रेफर गरिएको र व्यक्तिगत रूपमा हेलिकप्टर चार्टर गरेर बिरामी काठमाण्डौ लगिएकाे संयोजक शाहले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार