दाङ । दाङमा आज बिहानदेखि लकडाउन सुरु भएको छ । गत मंगलबार घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि आउँदो २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो ।

कोरोनाको नयाँँ भेरियन्टसहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो ।

दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएको छ । लकडाउनको समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

यस्तै अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले १७ देखि २५ गतेसम्म लकडाउन गर्ने र त्यसपछि अवस्था हेरेर थप कदम चाल्ने जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार