रुकुम पश्चिम : रुकुम पश्चिमको आठबिसकोट नगर अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ।

नगर अस्पताल आठबिसकोटका दुई वटा बाहेक सबै सेवा शनिबारदेखि बन्द गरिएको छ । नगर अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस पुष्टि भएसँगै अत्यावश्यक‍ र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द भएको हो ।

अस्पतालले जारी गरेको सूचनामा शनिबार बैशाख १८ गते देखि बैशाख २४ गतेसम्म ओपीडी सेवा बन्द गरिएको जनाइएको छ । अस्पताल प्रमुख मणिराज शाहले पाँच जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएकाले थप जोखिम बढ्न नदिन तथा सर्वसाधरणको स्वास्थ्यलाई ध्यानमा राखी सेवा बन्द गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार