वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणको क्रममा आज थप १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८० जनाको स्वब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १९३ जनमा कोरोना संक्रमण पुष्टि भएकोे नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

संक्रमित पुष्टि हुनेहरुमा १३६ जना पुरुष र ५७ जना महिला रहेका छन् । संक्रमितमध्ये पर्सा जिल्लामा मात्रै १५१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

उता, बारा जिल्लामा ३० जना, धनुषामा १, रौतहटमा ४, सर्लाहीमा ३ जना, बर्दियामा १, नवलपरासीमा १ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको उमेर समुह अढाई वर्ष देखि ७७ वर्षसम्म रहेको छ । उनीहरुको सिटी भ्यालू १३ दशमल्ब १ देखि ३५ दशमल्ब १ सम्म रहेका नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताउनुभयो ।

त्यसैगरी आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज- ९ की ७४ वर्षीया महिलाको नेशनल मेडिकल कलेजले संचालनमा ल्याएको बाबा होटलस्थित अस्थायी कोरोना अस्पतालमा हिजो साँझ साढे ५ बजे मृत्यु भएको डा. दासले बताउनुभयो । वैशाख १४ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार