रुपन्देही जिल्ला सैनामैना नगरपालिकामा एकजना कोरोना संक्रमित युवकले आत्महत्या गरेका छन् । सैनामैना वडा नम्बर १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी जनाएका छन् उनले ‘एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भइएको स्वास्थ्यकमीको भनाई छ ।’

तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो । अस्पतालमा हाल ९ जना संक्रमितको उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार