दाङ । जिल्लामा पार्किङ गरेर राखिएको कारमा मृतक भेटिएका तीन जना बालकको पहिचान खुलेको छ । तीनै जना बालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन्।

मृतकमध्ये दुई दाजुभाइका छोरा रहेको खुलेको छ। शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। शवको परीक्षण कहाँ गर्ने भन्ने यकिन भइनसकेको जनाइएको छ ।

अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन्। उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।

तीन बालकको शव एकै कारभित्र फेला परे पनि घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। घटना कसले र किन गर्‍यो भन्ने अनुसन्धानकै क्रममारहेको जनाइएको छ ।

अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार