गमानसिङ घर्ती रुकुम पश्चिम। जिल्लाको आठबिसकोट नगरपालिका ले तत्कालाई कोभिड- १९ का बिरामी लाई प्रयोग गरिने ३ वटा ५ लिटर वाला अक्सिजन कन्सटेटर मेसिन सँगै १५० परिक्षण कीट थप मेडिकल सामाग्रि खरिद गरेको छ ।

नगरप्रमुख गोर्ख बहादुर केसी (सन्देश ) का अनुसार
अब एकै साथ कोरोनाका ७ जना बिरामीलाई अक्सिजन दिन सकिने भएको छ।

नगरपालिकाको लक्ष्य अनुसार एकैसाथ १५ जनालाई अक्सिजन दिने गरि प्रयास थालिए पनि अक्सिजन अभावका कारण तत्काल पुर्याउन नसकिएको जनाएको छ।

हाल कोभिड- १९ का २ जना बिरामी नगरअस्पतालको आईसोलेसनमा उपचाररत छन् तर अक्सिजन दिने अवस्था भने नरहेको अस्पताल स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार