गोपाल बटाला काठमाडौं ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि बैशाख १६ बाट लकडाउन जारी गरेसँगै धार्मिक मन्दीर तथा चर्चहरु बन्द भएका छन् । चर्चमा साप्ताहिक सेवा प्रधान गर्न आउने मानिसको भिडभाड हुने भएकोले चर्च बन्द गरिएको हो।

सोही अनुसार काठमाडौंको बत्तिसपुतलीमा रहेको (AGAPE) चर्च पनि बन्द अवस्थामा रहेको छ। चर्चका पास्टर बुद्ध घिसिङ्ले अनलाइन मार्फत साप्ताहिक सेवा प्रधान गर्ने ब्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँका अनुसार कोरोनाका कारण चर्च बन्द भएपनी दैनिक फेसबुक लाइभ तथा भर्चुअल माध्यम मार्फत साप्ताहिक सेवा प्रधान, गर्ने ब्यवस्था मिलाइएको जानकारी दिनुभयो।

लकडाउनमा चर्चमा बढी भीँडभाड हुने भएकोले लक डाउन अवधिभर अनलाइन माध्यमको प्रयोग गरीने भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार