काठमाडौँ- आज देशका विभिन्न स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत मिसिएपछि वर्षाको सम्भावना अझ बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २ तथा पहाडी भू-भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार