कुनै नेपालीका घरमा दिनुहुँ भोज लागिरहेको छ त कुनै नेपाली परदेशी मरुभूमि मा पसिना बगाउँदै काम गर्दै छन् । तर
जस्तै काम गर्दै गरेनी नेपाली काे एक असल बानी चाहिँ दुःख पाएको छु नभन्ने त्यस्तै अर्को कुरा फोटो अपलोड गर्दा सोसियल मिडियामा मा बडो बडो महल छान्दै लिने चलन आज भोलि दिनचर्या बनेको छ . बिरानो देश ,अनौठो भासा सस्कृति ,छुट्टै रहन सहन कस्ले बुझिदिने हाम्रो मर्म यहाँ । बिहानै उठ्यो काचो होस या कचिलो पाकेको होस या काक्चै होस दुई गाँस टपक्क टिप्यो अनि लाग्यो आफनो पसिना बेच्न फेरी त्यहिकाममा । दिन भरि कामामा मालिक को गाली कामको चाप र थकान शरीर लियर साझ लखतरान भयर कम्पनी काे कोठामा फर्क्यो अनि फेरी आफैले केहि बनायो मन नमान्दा नमान्दै दुई गाँस खायो अनि पल्टियो त्यही बिस्तारामा सुतेर के मोबाइल चलाउन नपाउदै नेपाल बाट आफन्त र इष्टमित्र। काे चिन्ता गर्नु पर्छ निन्द्रा त कहा आउछ र सुते पनि बिगतको याद ले सताइ रहन्छ यो रमझम ती साथीसङ्गी ती नातेदार वास्तवमा बिदेशी को पीडा यता विदेशी भूमीमा रहेका नेपाली छोरा छोरीको एक गाँस यसरी छिर्दैछ । कि त्यहाँ काम गर्ने कामदार नै थाहा छ। आलिशान महलमा बसेर ह्वीस्कीको चुस्कीसँगै दिन रात विताई रहेकाहरु हाम्रो राजनेता लाई के थाहा छ । जसले नेपाललाई टाट पल्टाएर आधा युवा जनसंख्या पासपोर्ट बनाउने र विदेशी भूमीमा जानेको सङ्ख्या आज काे दिन मा बन्दो छ । जसको असर कविड19 पानी हो गरिबी, अभाव र बेरोजगारीको कारणले घर छोडेर बिदेशीनु पर्ने हामी नेपाली को तितो यथार्थ जुन छ यसलाई हामी नेपालीको बिडम्वना नै भन्नु पर्दछ । स्वदेशमा रोजगारीको अबसर नपाए पछी रोजिरोटिको खोजिमा सुनौलो सपना बुन्दै खाडिको तातो घाममा तप तप पसिना चुहाउन बाध्य अनी जति नै राम्राे काम गर्दै जाँदा पनी काम काे सही नतिजा नआउँदा अर्को पीडा दिनरात भोगिरहेका हामी नेपालीके भएका छौ हामी नेपाली ।राजनीतिक अस्थिरता ,लामो समय सम्म को द्वन्द र राज्यको मुखदर्सक्ताले आज हामीलाई घर परिवार छोडेर बिदेशीन बाध्य पारेको छ यो यथार्थ हो । हों यस्तै कुरा वन्दै गइरहेको छ।

चाहेर होस या नचाहेरै आफू र आफ्नो परिवारको दैनिकी गुजरा चलाउन अनि सन्तानको सुन्दर भबिस्य बनाउन भनी आज लाखौ युवा युवती आफ्नो उमेर र जवानी लाई पाईला मुनि राखी बिदेशी भुमिमा आफनो पसिना बेच्न बाध्य भयका छौ । हो, आज अरबको मरुभूमि हरियाली बनाउदै छौ हामी तर दुस्खद कुरा त हाम्रो आफ्नै उर्बर भुमीमा चाही सुख्खा लगेको छ आज वर्षा याममा पनि चैत को खडेरी जस्तै सुख्खा । नेपाल भएको छ भने यता मरुभूमि झिलिमिली बलिरहेको छ। मेरो जस्तै सुन्दर??
मनका हजारौं रहर चाहाना र आकाक्षा लाई मारेर आफ्नो मौलिकता ,सस्कति ,चाडपर्व अनि रितिरिवाज लाई समेत चाहेर पनि मान्न अनि रमाउन नपाउनु साच्चै हामी नेपाली परदेश मा यहाँ भन्दा ठुलो बिडम्बना के रहला हामी नेपाली को लागि ‘रु सुख ,दुःख जे जस्तै भए नी आफ्ना परिवार सङ साटासाट गर्दै मीठो नमिठो सगैं बसेर खाने ,पारिवारिक भेटघाट गर्न अनि रम्ने र रमाउने दिन साच्चै कहिले आउला सम्पुर्ण नेपाली को ?
अर्को कुरा जती कमाए पनि घर मा अब त पुगो पैसा आइजो नभन्ने घर को परिवार काे मायाँ ममता देखी कूनै समय त यतै मर्नु जस्तै हुन्छ। फेरि अर्काे मन् र दिमाख मा नै एक हो जसले आफ्नो कर्तव्य सँगै आफ्नो परिवार को रेखदेख गर्दै छु म नै घर गए घरखर्च कसरी चलाउने। यस्तै यस्तै कुरा हुँदै रात जाने क्रम बढेको छ त्यसरि नै महिना अनी वर्ष गर्दै आज नेपाल छोडेको पनि पाँच वर्ष भए छाहिरहदा बिदेशी भुमिमा बाध्यता बस गुलाम बन्न पुगेका म जस्ता लाखौ नेपाली को भने उही दिनचर्या उही काम उही अवस्था हो
मा जस्तै कुनै नेपाली चाड आएमा सामाजिक संजालमा अनि समाचारमा र पात्रोमा रमाउने अनि भनेकाे समय कम्पनीको छुट्टि न हूने साथिभाइ स‘ग को रमाइलो भेटघाट कार्यक्रम नहुँने विदेशी को पीडा वन्दै गइरहेको छ। तनाव, अनि एक्लो पन बिगत सम्झेर टोलाउनु अनि तिनै बिगतका तस्वीर हेरेर मन बुझाउनु को कुनै विकल्प रहेन
मेराे जिन्दगी भिजेको दाउरा जस्तै भयाे न त बनाउन सकिन्छ नत निभाउन नै सकिन्छ । आखीर के हामि नेपाली परदेशी मरुभूमि मा पसिना बगाउँदै रमाउँने यहाँ नै हो कति वर्ष सरम येस्तै क्रम चलाऊने अब त छिटो गर हो सरकार सबै नेपाली को सपना पूरा गर नभए नेपाली को पसिना को मोल गर सरकार युद्ध मैदानमा होमिएको सिपाही झै लाग्छ मेरो ड्युटी गर्दागर्दै पनि आफ्नो काम काे सही नतिजा नआउँदा अर्को पीडा झन् बढी उत्कट आँउछ।

सपना न्यौपाने,अभागी चेली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार