- गमानसिंह घर्ती

गमानसिंह घर्ती, दाङ । दाङमा कार भित्र भेटिएको तीन बालकको शव अहिले पोष्टमार्टम भइरहेको छ । पोष्र्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहज हुने प्रहरीले बताएको छ ।

पोष्टमार्टमकालागि फरेन्सिक एक्सपोर्ट डाक्टर बुटवलबाट आएका छन् । नेपालगञ्जबाट कुकुरसहित बिज्ञको टोली तुलसीपुर आएको छ । स्थानीयले शनिबार कारमा बत्ति बालेको देखेपछि हेर्न जाँदा बच्चाहरु मृत अबस्थामा भेटिएका थिए ।

पार्किङ गरि राखेको भरतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत फेला परेका थिए । आफन्तका अनुसार बालकहरु वैशाख १६ गते हराएका थिए ।

तीन बालकको शव एकै कारभित्र फेला परे पनि घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। घटना कसले र किन गर्‍यो भन्ने अनुसन्धानकै क्रममारहेको जनाइएको छ ।

अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार