२० बैशाख, काठमाडौं । नेपालमा सोमबार थप सात हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कूल संख्या ३ हजार ३६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार