नेपालमा पछिल्लो २४ घण्टमा थप सात हजार ५ सय ८७ जनालाई कोरोना भाइरसका (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा कोभिड–१९को सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेका छन् ।

पछिल्लो चौबीस घण्टामा ५५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार