- टिमखबर संवाददाता

रुकुम पश्चिम। केहिदिन यता जिल्लामा कोरोना भाइरस संक्रमणका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा संक्रमितले बेड नपाएको अवस्था छ भने आठबिसकोट नगरपालिकामा पनि दिनदिनै संक्रमित थपिदैँ गएका छन् ।

आजसम्म १२२ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ। नगरपालिकाको समुदाय स्तरमै फैलिएको कोरोनाले यहाँका आम नागरिक त्रसित बनेका छन् ।

आजमात्रै आठ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण देखिएको छ। परिक्षण संख्याको आधामा
संक्रमण देखाउनुले नै कोरोना गाउँगाउँमा फैलिएको अनुमान गर्नसकिन्छ। जम्मा सक्रमित मध्ये २४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ जनाको आठबिसकोट नगर अस्पतालको आइसोलेसनमा वार्डमा उपचार भइरहेको छ।

त्यस्तै एकजना संक्रमितलाई उपचारमा समस्या देखिएपछि काठमाडौं रेफर गरिएको छ। जिल्लामा २ सय बढी संक्रमित रहेको अवस्थामा नगरपालिकामा पनि परिक्षणको आधा संख्यामा पोजेटिभ देखिनु खतराको संकेत हो । यसतर्फ स्थानीय सरकार र आमनागरिक सतर्क रहन जरुरी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार