- गोपाल बटाला

गोपाल बटाला रुकुम पश्चिम । जिल्लाको चौरजहारी नगरपालिकाले १ करोड २३ लाख लागतमा संचालनमा ल्याएको पिसिआर प्रयोगशाला बन्द भएको छ । एक बर्ष अघि नगरपालिकाले वडा –२ मा सञ्चालनमा ल्याएको आर.टि पिसिआर परीक्षण प्रयोगशाला आर्थिक अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेको हा े।

जिल्लामै प्रयोगशाला स्थापना भएपछी छिमेकी जिल्ला सल्यान,रुकुम पुर्व र जाजरकोटका नागरिकलाई समेत सहज भएको थियो। आर्थिक अभाव भएपछि बन्द भएको प्रयोगशाला पुनः सञ्चालन गर्न सरकार संग माग राखेपनी सम्बोधन नभएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार