गोपाल बटाला काठमाडौं । मुलुकका सबैजसो स्थानमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । विश्वकै शक्तिशाली देशहरुले महामारी फैलन रोक्न सकेनन् । यसबाट नेपाल पनि अछुतो रहन सकेन ।

उपत्यकामा झन् अवस्था भयावह हुँदै गएको छ। दिनहुँ हजारौंको संख्यामा संक्रमित थपिदैँ गएका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र उपत्यकाका ३ सहित नेपालका २० भन्दा बढी परेका छन् । तर उपत्यका भित्रै रहेको ललितपुरको एक स्थानीय तहमा भने हालसम्म कोरोना संक्रमण देखिएको छैन।

संक्रमित र संक्रमणबाट टाढा रहेको ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकामा हालसम्म संक्रमित फेला परेका छैनन् । जिल्लाको चौघरे स्थित वडा नम्बर १ मा रहेको गाउँपालिका संक्रमितको संख्या शुन्य रहेको छ।

उक्त गाउँपालिकामा अहिलेसम्म संक्रमित नभएको वडा नम्बर १ का वडा अध्यक्ष सन्तालाल लामाले टिमखबर लाई जानकारी दिए। उनले भने,, गाउँपालिकाले सुरुवाती चरणबाटै उच्च सतर्कताका साथ स्वास्थ्य सावधानी अपनाएका कारण संक्रमितको संख्या शुन्य रहेको बताए।

पाँच वटा वडा कार्यालय रहेको उक्त गाउँपालिकामा अहिले अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको छ भने एम्बुलेन्स ,औसधि र दूध बोक्ने सवारी साधनमा भने रोक लगाइएको छैन।

अन्य स्थान बाट गाउँपालिकामा प्रवेश गर्ने नाकामा कडा निगरानी राख्ने गरेको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार