इलाम । कोरोना संक्रमणका कारण इलामका आज एकै दिन दुई जनाको मृत्यु भएपछि इलाम नगरपालिका–७ मा आवागमन नियन्त्रण गर्ने निर्णय गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले २२ गतेदेखि ३१ गतेसम्म इलाम नगरपालिका–७ को टुडिखेलदेखि जिरो किलोमिटर तथा टुडिखेलदेखि धोविधारासम्मको क्षेत्रमा औषधोपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक कामबाहेक बाहिर निस्कन नपाउने गरी आवागनमन नियन्त्रण गर्ने निर्णय गरेको हो ।

जिरो र धोविधाराबाट बजार क्षेत्रका लागि अत्यावश्यक बस्तु ढुवानीका सामग्री बोकेका सवारी साधन तथा औषधि र उपचार प्रयोजनबाहेकका सवारीलाई मेची राजमार्गबाट मात्र आवत–जावत गराउने डीसीसीएमसीले निर्णय गरेको छ ।

राजमार्गमा पर्ने विब्ल्याटे बजार क्षेत्रमा लामो दूरीका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ । सार्वजनिक सेवा प्रवाह गर्ने निकाय वा कार्यालयहरुमा भीडभाड नहुने गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाहका साथै अनलाइनबाट दिन सकिने सेवालाई अनलाइनमार्फत् दिन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार