काठमाडौँ- स्थानीय र पश्चिमी वायुको प्रभावमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत मिसिएपछि आज देशका विभिन्न भागमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार अहिले प्रदेश १, प्रदेश २, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान वुलेटिनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार