काठमाडाैं । इजरायलमा सुसारे (केयरगिभर)का लागि नेपाली श्रमिक पठाउने निर्देशिका जारी भएको छ । यससँगै नेपाली श्रमिक इजरायल जानेको बाटो खुलेको छ । निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको हो ।

नेपाल–इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउन सम्झौता भएअनुसार पहिलो चरणमा केयरगिभरमा श्रमिक पठाउने तयारी गरिएको छ।

जारी निर्देशिकामा व्यवस्था भएअनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा श्रमिक आफैँले बेहोनुपर्ने उल्लेख छ तर नेपाल र इजरायल सरकारबीच भएको सम्झौतामा नेपाली नागरिकलाई रोजगारीका लागि इजरायल पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख थियो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले निर्देशिकाको मस्यौदा आफू विभागमा नआउँदै मन्त्रिपरिषदमा गएकाले यस विषयमा बुझ्ने क्रममै रहेको प्रतिक्रया दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार