काठमाडौं :नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने निर्णय भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएकोमा कांग्रेसले असन्तुष्टि पनि व्यक्त गरेको छ ।

प्रधानमन्त्री ओलीले अध्यादेशको माध्यमबाट देश चलाउन खोजेको भन्दै कांग्रेसले त्यसको भत्र्सना गरेको छ । संसद् छलेर मुलुक चलाउन चलाउनु गलत भएको कांग्रेसको निष्कर्ष छ ।

सरकारको सिफारिसमा मंगलबारमात्रै राष्ट्रपतिले ७ वटा अध्यादेश जारी गरेकी छन् ।कांग्रेसले कोभिड महामारीमा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । बैठकमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार