- सबि अधिकारी

आदरणीय प्रमुख ज्यू!
लमहि नगरपालिका ,दाङ

म लमहि नगरपालिकाको बासिन्दाको तर्फबाट नमस्कार !
म एउटा सामान्य नागरीकले तपाइहरूलाई सुझाबदिने हैसियत त राख्दैन तर पनि मेरो अनुभव यहाँहरु समक्ष बाढ्न चाहान्छु।

हामी हरेक पेशा ब्यबसाय गर्ने आम श्रमिक र म जस्तै साधारण नागरिकहरू गत वर्षको कोरोनाले थला परेर जेनतेन उठ्न खोजिरहेको अवस्थामा फेरी पनि कोरोना महामारीले बाहिर निस्कन समेत बन्द भयौँ।

आफ्ना इष्टमित्रहरूले अकालमै ज्यान गुमाइरहेको पीडा म यहाँलाई पोख्न सकिरहेको छैन। अघिल्लो वर्षको महामारी बाट हामीले के सिक्यौँ? कमसेकम हामीले हरेक वडाका स्वास्थ्य चौकीहरू ब्यबस्थित त गर्न सक्थ्यौ नि हैन? बाहिरबाट आउनुभएका नागरिक हरूलाई होल्डिङ सेन्टर बनाउन नसक्नु नगर प्रमुख कमजोरी मात्रै होईन सिङ्गो नगरपालिकाको कमजोरी हो।

हरेक स्वास्थ्य चौकीमा रहेका कर्मचारी हरूलाई राखेर हरेक वडामा आइसोलेसन वार्ड बनाउन किन सकेनौँ?
हरेक दिन अक्सिजन नपाएर बिरामी छ्ट्पटाइरहेको देखिरहेकाछौं,, तर हामीले खाली भएका अक्सिजन सिलिन्डर नगरपालिका भित्र रहेको साधनमा लोड गरेर देशका अन्य ठुलो अक्सिजन प्लान्टमा पुर्याएर भरेर ल्याउन किन सकेनौँ?

दाङमा संक्रमणको अवस्था भयावह छ यहाँलाई थाहै होला? नगरपालिकामा रहेका एम्बुलेन्सहरू चुस्त दुरूस्त राखेर ९ वटै वडामा दौडाउन केले रोक्यो?हामी संग कर्मचारी छन् । जनशक्तिको अभाव छैन। टेलिफोन नम्बर छन ।कम्तिमा आवश्यक कर्मचारी राखेर नागरीक सहायता कक्ष राखेर आपतकालीन सेवा दिन किन सकेनौं?

राप्ती बिज्ञान प्रतिष्ठानमा आई सि यु उद्घाटन भयो तर चलेको छैन । आइ सि यु नहुँदा दैनिक हेलिकप्टरबाट काठमाडौँ बिरामी बोकेको बोक्यै छ। पैसा नहुनेले हेलिकप्टर चार्टर गर्न सक्दैन। सक्नेले पनि काठमाडौं मा समेत बेड अभाव छ।

अब जति सक्दो छिटो यहाको आइ सि यु चलाउन पहल गर्नुहोस। बजारको नजिक रहेका स्कुल कलेजमा अक्सिजन सहित आईसोलेसन वार्ड बनाउन पहल गर्नुस,, अब झन तपाइ हाम्रो जिवन कष्टकर बन्दैछ। बजेट रकमान्तरण गर्नुहोस। बिकास बाँचे गरौला। बिकासे बजेट पार्क जस्ता नाममा आएको बजेट सबै स्वास्थ्यमा लगाउनुहोस।

अब हरेक दिन तपाई हाम्रा इष्टमित्र तड्पि रहँदा अक्सिजन नपाएर छट्पटाइरहँदा तपाई जनप्रतिनिधिहरू यसरी चुपचाप बस्दा जनप्रतिनिधिको मान सम्मान आशा भरोसा आम नागरीकमा घट्दै जानु स्वाभाबिक हो। तपाईहरू यसरी कर्तव्य बाट टाढा हुँदा तपाइहरूको मात्र हैन सिंगो ब्यवस्था माथी नै प्रश्न उठ्न थालेको छ।

त्यसैले म फेरी पनि तपाई लगायत सबै जनप्रतिनिधिहरूलाई आग्रह गर्न चाहन्छु कि हामी सबै आम नागरिम ब्यबसायी संघ संगठन सबैले आ-आफ्नो स्थानबाट हातेमालो गर्न तयार छौं। हामी हाम्रो एकछाक मानो काटेर पनि सहयोग गर्न तयार छौँ। तपाईहरूसंग हातमा हात मिलाएर संगै हिड्न तयार छौं।

कृपया अगाडी बढ्नुस हामी आम जनसमुदायको अभिभावककत्त्व तपाई लगायत उप -प्रमुख ज्यू वडाअध्यक्ष ज्यूहरू र सबै वडा सदस्य ज्यूहरूले गरिदिनुस।

अन्तमा यसलाई अन्यथा नमानी एउटा सामान्य नागरीकको वास्तविक पिडा सम्झेर पत्र स्वीकार गर्दै यो महामारीको बेला आफ्नो कामकर्तव्य लाई कार्यनयनमा अग्रसर हुनुहुनेछ भन्ने बिश्वास गर्दछु।
धन्यबाद।

नगरबासी ,सबि अधिकारी
लमहि ५, दाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार