काठमाडौँ- कोरोना भाइरसको संक्रमण बढेपछि ५६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब २१ जिल्ला मात्र खुला छन् ।

बुधबार साँझसम्म ५६ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो तथ्यांकमा दोलखामा जिल्लाभर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेध आदेश जारी गरिएको मन्त्रलायले जनाएको छ ।

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार