काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।

अहिले केहीबेरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरी पार्टी स्थायी समिति बैठक डाकिएको एमालेका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा आगामी वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । ओलीले विश्वासको मत लिने निर्णय लिएपनि आफ्नै सहयात्री माधवकुमार नेपाल पक्षका कारण उनी समस्यामा पर्ने अनुमान भइरहेका छ ।

ओलीलाई अप्ठ्यारोमा पार्नकै लागि माधव नेपालपक्षीय सांसदले विशेष अधिवेशनअगावै प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिनसक्ने अड्कल र अनुमानबीच बोलाइएको बैठकमा भावी रणनीतिलगायत विषयमा छलफल हुने ठानिएको छ ।

त्यसैगरी, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारीलगायत विषय पनि छलफलको एजेन्डा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार