हुम्ला । हुम्लामा पनि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । लामो समयदेखि सदरमुकाम सिमकोट बजारमा बस्दै आएकी सर्केगाड गाउँपालिका -८ राहदेउकी १९ वर्षिय किशोरीमा लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि भएको हो ।

जिल्ला अस्पताल हुम्लाका डाक्टर टसी आङकजुकले लामाले बाहिरबाट आएकालाई नभइ समुदाय स्तरमै कारोना फैलिएको हुनसक्ने बताउनु भयो ।

स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पतालमा आएकी किशोरीलाई कोरोनाको शंका लागेपछि एन्टीजेन्ट परीक्षण गर्दा संक्रमण पुष्टि भएको डाक्टर लामाले बताउनु भयो। ती किशोरलिाई संक्रमण पुष्टि भएसंगै अब समुदाय स्तरमा संक्रमण फैलिएको स्वास्थ्य सेवा कार्यालयले पुष्टि गरेको छ ।

हवाई तथा स्थलमार्गबाट जिल्लामा देशका विभिन्न शहरबाट आएका यात्रुहरुबाट संक्रमण फैलिएको उल्लेख गरेको भएपनि जिल्लामा परीक्षणको दायरा बढाउने हो भने हुम्लामा संक्रमणको अवस्था भयावह हुने देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो ।

ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र श्वासप्रश्वासमा समस्या आएपछि परीक्षणका लागि जिल्ला अस्पताल पुगेकी किशोरीलाई एन्टीजेन्ट परीक्षण गर्दा लक्षण सहितको संक्रमण देखिएको बताएका सिंहले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार