थाहा छैन कहिलेको हिसाब थियो जिवनमा
मित्र पनि बिना कारण कफन ओडी गयो।
जीवन सँगै जिन्दगीले बाटो मोड्यो यहाँ
परदेशमा दुख पिँडाहरुले मुटु फोडी गयो।
सानो मानिस एउटा जवाफ छोडी गयो
हिउँ जस्तो हामी बिचको नाता तोडी गयो ।
मुस्कान सँगै जिन्दगी जिउने कला मेरो
दुःख दिने मुटुभित्र पाईलाहरु मोडी गयो।
पढाई सँगै कस्तो प्रभाव पर्छ जिन्दगीमा
वषौदेखि कुरिराछु त्यहीँ हात जोडी गयो।
मिरमिरे उज्यालोमा उठि संङ्घर्षमा लाग्थे
आज नभएको फुल बगैँचामा गोडी गयो।
सपना न्यौपाने , हाल परदेश