रौतहट : कोरोना भाइरस संक्रमण बढ्दै गएपछि रौतहटमा आजदेखि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको आज पहिलो दिन सवारी आवागमनमा कडाइका साथ ठप्प देखिएको छ । काम बिना हिँड्ने सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

जिल्लाको सदरमुकाम गौर, गरुडा, कटहरिया, चपुर, मौलापुर, बंकुल लगायतका विभिन्न स्थानका बजारहरु पूर्णरुपमा ठप्प रहेका छन् ।

 

केही दिन देखि बढ्दै गएको कोरोना महामारीको दोश्रो लहरले रौतहटमा पनि ज्यान गुमाउनेको संख्या बढदै जान थालेपछि आजबाट निषेधाज्ञा लागू गर्नु परेको जिल्ला प्रमुख अधिकारी ईन्द्रदेव यादवले बताए ।

 

पुर्व-पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक अरबिन्द साह नेतृत्वको टोलीले बिना कुनै काम  हिँड्ने दर्जन भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको छ ।

 

गौर, गरुडा, चन्द्रनिगाहपुर लगायतका स्थानमा आज विहानैदेखि गाडी, व्यापारिक प्रतिष्ठान,  होटल एवं पसल बन्द गराउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका सई किरण अधिकारी बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार