नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताएका छन् । सुविधासम्पन्न यो भवनमा ५० शय्यासम्म राखेर सङ्क्रमितको उपचार गर्न सकिने उनको भनाइ छ । सदरमुकाम कुश्माबजारकै मुख्य भागमा रहेकाले यो भवनमा अस्पताल बनाउँदा सवैलाई सहज हुने जोशीले बताए ।

पर्वत सदरमुकाम कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी अस्पताल हटाएपछि अहिलेसम्म कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार