- गमानसिंह घर्ती

गमानसिंह घर्ती ,रुकुम पश्चिम। यहाँको आठबिसकोट नगरपालिकामा केही दिन यता कोबिड १९ का संक्रमित थपिनेको संख्या दैनिक बृर्दि हुँदै गइरहेको छ ।

आज शनिबार भने आर टि र पि सि आर दुबै बिधिबाट २१ जनामा परिक्षण गर्दा ११ जना थपिएका छन।

यो सँगै संक्रमित बिरामीको संख्या ७८ पुगेको छ भने आज ६ जनाले कोबिड १९ लाई जिते सँगै संक्रमित मुक्त हुनेको संख्या भने २६ पुगेको छ।

नगरअस्पतालको आईसोलेसनमा २ जनाले उपचार गराही रहेका छन भने होम आईसोलेसनमा ४५ जना संक्रमित बसिरहेका छन हाल सम्म रेफर हुनेको संख्या ५ पुगि सकेको छ
त्यस्तै नगरअस्पताल स्रोतका अनुसार कोरोना संक्रमित सिकिस्त बिरामीलाई लगाईने एउटा पनि अक्सिजन सिलिन्डर नहुदा बिरामीलाई रेफर गर्नु पर्ने बाध्यता छ।

बिद्युतिय माध्यमबाट दिइनेअक्सिजन कन्सटेटर मेसिन भए पनि सिकिस्त बिरामीलाई अक्सिजन सिलिन्डर नै चाहिने हुदा रेफर गर्नु पर्ने बाध्यता छ।

नगरअस्पताल को एम्बुलेन्स बिग्रिएको ३ /४ महिना क्रस भैसक्दा पनि मर्मत गरिएको छैन । हाल सम्म रेफर गरिएका बिरामी का आफन्तले यातायात साधान आफै जोहो गरेर लिने गरेका छन।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार