मोरङ, बैशाख-२६ गते । बैशाख-२६ गते बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भीर घाईते भएका उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका ६ पोखरिया का  ४५ बर्षीय मुक्तर मिया अन्सारी र निजकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झट्का लागी घाईते भएका हुन् । उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार