रुकुम पश्चिममा कोरोना संक्रमित एक बालकको मृत्यु भएको छ । सोमबार रुकुम पश्चिममा ४ बर्षीय बालकको मृत्यु भएको भहो । जिल्लाको मुसीकोट नगरपालिका–५ का बालकलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । पखाला, खोकीलगायतका समस्या देखिएका बालकलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला अस्पतालमा उपचार सुरु गरे लगत्तै उनको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । यो सँगै जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार