काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ ।

मङ्गलवार अस्पतालले एक सूचना सार्वजनिक गर्दै विशेष कारणवश पीसीआर परीक्षण स्थगित गर्नुपरेको जानकारी दिएको छ ।

‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौँ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार