- सवि अधिकारी

सबि अधिकारी दाङ । कोरोना भाइरसको रोकथामका लागि फ्रन्ट लाइनमा खटिइरहेका चिकित्सक र अन्य स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभावमा जोखिम मोलिरहेका छन्। पिपिई नहुँदा कोरोनाका सम्भावित बिरामीको पनि त्यतिकै जाँच्नु परिरहेको छ।

देशभरका स्वास्थ्यकर्मीले पिपिई अभाव झेलिरहेका बेला यता दाङको लमहि अस्पतालमा पनि पिपिई नहुँदा प्लास्टिक लगाएर स्वास्थ्यकर्मीहरु संक्रमितको उपचारमा खटिएका छन्। दाङको लमही नगरपालिकामा यस्तै अनौठो दृश्य देखियो। जहाँ प्लास्टिक लगाएर स्वास्थ्यकर्मीले संक्रमितको उपचार गरिरहेका छन् ।

सरकारले स्वास्थ्यकर्मीका लागि पिपिई उपलब्ध गराएपनी यहाँको अस्पतालमा भने अभाव देखिएको छ। पिपिई दुई प्रकारका हुन्छन्। कुनै एक पटक मात्रै प्रयोग गर्न मिल्ने कुनै पटक पटक प्रयोग गर्न मिल्ने। तर लमही अस्पतालमा भने यी दुबै प्रकारका पिपिई उपलब्ध छैनन् ।

कोरोनाको दोस्रो भेरिएण्ट सुरु भएसँगै दिनहुुँ कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्यकर्मीहरु थपिएका कारण पिपिई अभाव भएको अस्पताल प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार