काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ९६० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार २४५ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१९ हजार ४७४ जनाको आरटी–पीसीआर परीक्षण र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ९६० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।