पोखरा : गण्डकी प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मुश्लिमहरुको पर्व इद उल फित्रका अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको हो ।

गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार वैैशाख ३१ गते विदाको निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिए ।

गण्डकी सरकारले २०७८ सालमा ५ दिन चाडपर्व विदाको निर्णय गरेको छ । चैत्राष्टमी र इदका साथै आगमी पुस १५ गते तमु ल्होसार, माघ १९ गते सोनाम ल्होसार र फागुन १९ गते ग्याब्लो ल्होसारमा पनि सार्वजनिक विदाको निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार