काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभावले मौसममा बदली रहने जानकारी दिएको छ ।
हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको हो ।
आज पनि मुलुकका केही भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउ अनुरोध गरेको छ।