जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारबाट निषेधाज्ञा १५ दिन थप गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जोखिम झन् बढ्दै गएको र सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै शनिबारबाट जेठ १५ गते सम्मको लागि निषेधाज्ञा थपेको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक सेवा खरिद बाहेक सवै प्रकारका गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पूर्णरुपमा रोक लगाइएको छ ।
‘‘कोरोना सङ्क्रमण रोक्न अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर निस्कन र भेला हुन नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ’’ प्रजिअ आचार्यले भन्नुभयो । अत्यावश्यक सामग्रीको खरिदका लागि विहान ५ देखि ९ बजे सम्मको समय तय गरिएको छ । यस अघि वैशाख २१ देखि ३१ गते सम्मको लागि निषेध आज्ञा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार